मेदभेदेभ र सिट्सिपास फ्रेञ्च ओपन टेनिसको चौथो चरणबाटै बाहिरिए
१७ जेठ २०७९ काठमाडौं । डानिल मेदभेदेभ र स्टेफानोस सिट्सिपास फ्रेञ्च ओपन टेनिसको चौथो चरणबाटै बाहिरिएका छन् ।
दोस्रो वरियताका मेदभेदेभलाई मार्टिन चिलिकले ३–० को सोझो सेट स्तब्ध पारे । २० औं वरियताका क्रोएशियाका चिलिकले मेदभेदेभलाई ६–२, ६–३ र ६–२ को सेटमा हराउँदै क्वार्टरफाइनल पुगे । क्वार्टरफाइनलमा चिलिकले आन्द्रेय रुबलेभको सामना गर्नेछन् ।
उता चौथो वरियताका सिट्सिपास डेनमार्कका १९ वर्षीय होल्गर रुनेसँग पराजित भए । रुनेले पहिले सेट ७–५ ले जिते पनि दोस्रो सेटमा सिट्सिपास ६–३ ले विजयी भएका थिए । त्यसपछिका दुई सेट रुनेले ६–३ र ६४ ले जिते ।
रुनेले क्वार्टरफाइनल नर्वेका कास्पर रुडसँग प्रतिस्पर्धा गर्नेछन् । यससँगै फ्रेञ्च ओपन टेनिसको क्वार्टरफाइनल समिकरण पनि सकिएको छ ।
अन्य क्वार्टरफाइनलमा शीर्ष वरियताका सर्बियन खेलाडी नोभाक जोकोभिच र पाँचौ वरियताका स्पेनका राफायल नाडाल तथा तेस्रो वरियताका जर्मनका एलेक्जेण्डर जारेभ र छैठौं वरियताका स्पेनका कार्लोस अल्कारेजबीच खेल हुनेछ ।
प्रतिक्रिया