नेपाली आकाश असुरक्षित बारे फेरि बहस (भिडियो रिपोर्टसहित)
१६ जेठ २०७९ काठमाडौं । मुस्ताङमा तारा एयरको जहाज दुर्घटना भएसँगै नेपाली आकाश असुरक्षित बारे फेरि बहस हुन थालेको छ । के नेपाली आकाश सुरक्षित छ ?
हवाई उडानका लागि नेपाली आकाश सुरक्षित भएको बताइरहँदा बेलाबेला भैरहने दुर्घटनाले भने नेपाली आकाश हवाई उडानका लागि सुरक्षित छ र ? भन्ने प्रश्न पैदा गर्ने गरेको छ ।
आइतबार मुस्ताङमा भएको तारा एयरको जहाज दुर्घटनाले पनि नेपाली आकाश हवाई उडानका लागि असुरक्षित त होइन भन्ने प्रश्न खडा गरेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका पूर्व सचिव कृष्णप्रसाद देवकोटा भने आकाश असुरक्षितभन्दा पनि भौगोलिक कारणले गर्दा नेपालमा हवाई दुर्घटना हुने गरेको बताउनुहुन्छ ।
हवाई दुर्घटनाले अन्तर्राष्ट्रियस्तरमै नेपाली आकाशको सुरक्षाको विषयमा प्रश्न उठ्ने गरेको छ । त्यसैले मौसमलाई ख्याल गर्ने र उच्च पहाडी, हिमाली क्षेत्रमा उडान गर्दा विशेष ध्यान दिने हो भने दुर्घटना कम गर्न सकिने पूर्वसचिव देवकोटा बताउनुहुन्छ ।
नेपालका दुर्गम क्षेत्रका लागि सबैभन्दा भरपर्दो यातायातको साधन नै हवाइ सेवा हो । केही जिल्लामा सडक सञ्जाल नै नपुगेको र सडक पुगेका जिल्लामा पनि सबै याममा अन्य सवारीका साधन चल्न नसक्ने भएकाले धेरै यात्रुहरु हवाई यात्रा गर्नुपर्ने अवस्थामा हुन्छन् । तर बेलाबेला हुने दुर्घटनाले भने हवाई यात्रा थप जोखिम हो कि भन्ने आशंका पैदा गर्ने गरेको छ ।
प्रतिक्रिया