पोखराबाट जोमसोमका लागि २२ यात्रुसहित उडेको तारा एयरको विमान सम्पर्कविहीन

१५ जेठ २०७९ काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेपछि सम्पर्कविहीन भएको तारा एयरको जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी रहेको खुलेको छ ।
तारा एयरका अनुसार जहाज अझै सम्पर्कविहीन छ । प्रहरीका अनुसार लेते क्षेत्रसम्म सम्पर्कमा रहेको विमान एकाएक सञ्चार सम्पर्कविहीन बनेको थियो ।
नाइन एन(एईटी कलसाइनको जहाजमा २ जर्मन, ४ भारतीय र १३ नेपाली यात्रु रहेको तारा एयर स्रोतले जनाएको छ । जहाजमा चालकदलका ३ सदस्य पनि छन् । जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाउनुभएको थियो । विमान बिहान ९ बजेर ५५ मिनेटमा उडेको थियो ।
विमानको चालक दलमा क्याप्टेन प्रभाकर घिमिरेसहित उत्सव पोखरेल र एयर होस्टेज क्रिष्टी थापा हुनुहुन्छ । विमानमा बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मेइक ग्रीटग्राफ, वसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ र रोजिना श्रेष्ठ सवार हुनुहुन्छ ।
यस्तै प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी र वी विलनर सवार हुनुहुन्छ ।
प्रतिक्रिया