Main News
विष्णु पौडेलले भने बोझ थप्ने र लोकप्रिय कार्यक्रम नल्याउनु होला (भिडियो रिपोर्टसहित)
२०७९ जेठ १४ गते १८:४७
१४ जेठ २०७९ काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आगामी मंसिरभित्र प्रदेश र संघको निर्वाचन हुनुपर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभा बैठकमा आज सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिंदै उपाध्यक्ष पौडेलले वर्तमान सरकारलाई चुनावी सरकारको संज्ञा दिँदै मंसिरभित्र निर्वाचन गरिसक्नुपर्ने संवैधानिक अभिभारा रहेको बताउनुभयो ।
पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले मंसिरमा हुने चुनावबाट आउने सरकारलाई बोझ थप्ने र लोकप्रिय कार्यक्रम नल्याउन पनि सरकारलाई आग्रह गर्नुभयो ।
प्रतिक्रिया