Main News

आज आर्थिक सर्वेक्षण पेश गर्दै सरकार

हिमालय टिभी
२०७९ जेठ १४ गते ७:४५
आज आर्थिक सर्वेक्षण पेश गर्दै सरकार

१४ जेठ २०७९ काठमाडौं । सरकारले आज आर्थिक सर्वेक्षण पेश गर्दै छ ।

संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने संसद बैठकमा आर्थिक सर्वेक्षण पेश हुने भएको हो । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण पेश गर्नुहुने कार्यक्रम छ ।

भोलि सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेट पेश गर्ने तयारी छ । गणतन्त्र दिवसको दिन पारेर नै बजेट पेश गर्ने गरी संविधानमा नै व्यवस्था गरिएको छ ।

सरकारले हिजो नै आर्थिक सर्वेक्षण पेश गर्ने तयारी गरेपनि उद्योगमन्त्री दिलेन्द्र प्रसाद बडुको अभिव्यक्तिपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण पेश हुन सकेन ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभन्दा अघि नै आर्थिक सर्वेक्षण पेश गर्नुपर्ने व्यवस्था छ ।

आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल पनि सकिँदै छ । आजै संसदबाट नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *