खेलकूद
आईपीएलको दोस्रो क्वालिफायरमा आज बैङ्लोर र राजस्थान भिड्ने
२०७९ जेठ १३ गते ९:०४

१३ जेठ २०७९ मुम्बई । इन्डियन प्रिमियर लीग (आईपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा आज रोयल च्यालेन्जर्स बैङ्लोर र राजस्थान रोयल्स खेल्दैछन् ।
यो खेल नेपाली समय अनुसार राति पौने ८ बजे अहमदावादमा शुरू हुनेछ । आजको विजेताले फाइनलमा गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ ।
पहिलो क्वालिफायरमा राजस्थानलाई ७ विकेटले हराउँदै गुजरात टाइटन्स फाइनलमा पुगेको हो । फाइनल खेल पर्सि आइतबार अहमदाबादमा हुनेछ ।
प्रतिक्रिया