Main News
प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने
२०७९ जेठ १३ गते ८:५३

१३ जेठ २०७९ काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा पनि नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने भएको छ ।
बिहान ११ बजेका लागि बोलाइएको बैठकमा गत मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश भएको आउँदो आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने संसद् सचिवालयले जनाएको छ ।
हिजोको संसद् बैठकमा पनि सांसद्हरूले यही विषयमा छलफल गरेका थिए ।
प्रतिक्रिया