राजनीति

कामपा–१५ को अध्यक्षमा एकीकृत समाजवादीका डङ्गोल विजयी

२०७९ जेठ १२ गते १५:५९
कामपा–१५ को अध्यक्षमा एकीकृत समाजवादीका डङ्गोल विजयी

१२ जेठ २०७९ काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नं १५ को वडाध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार ईश्वरमान डङ्गोल विजयी हुनुभएको छ ।

गत वैशाख ३० गते सम्पन्न मतदानको केहीबेर अगाडि सम्पन्न मतगणनामा डङ्गोल तीन हजार ४७६ मत प्राप्त गरी दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा विजयी हुनुभएको हो । उहाँ यसअघि पनि सोही वडाको अध्यक्ष हुनुहुन्थ्यो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार जीवन डङ्गोलले एक हजार ५७२ मत प्राप्त गर्नुभयो । यस्तै चार सदस्यमा पनि नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार विजयी हुनुभएको छ । वडासदस्य खुलामा विजु श्रेष्ठ र अवसरा केसी, महिला सदस्यमा मैयालक्ष्मी महर्जन र दलित महिला सदस्यमा रीता मिजार विजयी हुनुभएको छ ।

डङ्गोल वडाध्यक्ष निर्वाचित भएसँगै एकीकृत समाजवादीले काठमाडौँ महानगरपालिकामा एक वडाध्यक्ष जितेको छ । काठमाडौँ–१५ मा माल्चाटार, स्वयम्भू, गीतामाता, विजेश्वरी, शोभाभगवतीलगायतका क्षेत्र पर्दछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्