खेलकूद
राजस्थानलाई हराउँदै गुजरात आईपीएलको फाइनलमा
२०७९ जेठ ११ गते ९:०९

११ जेठ २०७९ मुम्बई । गुजरात टाइटन्स इन्डियन प्रिमियर लीग (आईपीएल) २०२२ को फाइनलमा पुगेको छ ।
गएराती भएको पहिलो क्वालिफायरमा गुजरातले राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै पहिलो सिजनमै फाइनलमा स्थान पक्का गरेको हो । राजस्थानले दिएको १ सय ८९ रनको लक्ष्य गुजरातले १९ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गरेको थियो ।
त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८८ रन जोडेको थियो । अब राजस्थान रोयल्सले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ ।
एलिमिनेटरमा तेस्रो स्थानको लखनऊ सुपर जायन्ट्स र चौथो स्थानको रोयल च्यालेन्जर्स बेंगलोरबीच आज हुनेछ । दोस्रो क्वालिफायर शुक्रबार र फाइनल आइतबार हुनेछ ।
प्रतिक्रिया