खेलकूद
आईपीएलको पहिलो क्वालिफायरमा आज गुजरात र राजस्थान रोयल्सबीच खेल हुँदै
२०७९ जेठ १० गते ९:४६
१० जेठ २०७९ मुम्बई । इन्डियन प्रिमियर लीग (आईपीएल)को पहिलो क्वालिफायरमा आज शीर्षस्थानको गुजरात टाइटन्स र दोस्रो स्थानको राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
इडेन गार्डेन कोलकातामा बेलुका पौने ८ बजे उक्त खेल हुनेछ । विजेता टोली फाइनलमा पुग्दा पराजित हुने टोलीले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्न पाउनेछ ।
भोलि तेस्रो स्थानको लखनउ सुपर जायन्ट्स र चौथो स्थानको बेंगलोरबीच प्रतिस्पर्धा हुनेछ भने शुक्रबार दोस्रो क्वालिफायर हुनेछ । आइतबार भने अहमदाबादमा आईपीएलको फाइनल खेल हुनेछ ।
प्रतिक्रिया