आईपीएल क्रिकेटमा आज हैदरावाद र पञ्जाबबीच खेल हुने

हिमालय टिभी
२०७९ जेठ ८ गते ९:४४
आईपीएल क्रिकेटमा आज हैदरावाद र पञ्जाबबीच खेल हुने

८ जेठ २०७९ मुम्बई । इन्डियन प्रिमियर लीग (आईपीएल) टी–ट्वेन्टी क्रिकेटमा आज पनि एक मात्रै खेल हुने भएको छ ।

लीग अन्तर्गत आज सनराइजर्स हैदरावाद र पञ्जाब किङ्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेल वान्खेडे स्टेडियममा राति पौने ८ बजे शुरु हुनेछ ।

यसअघि गएराति भएको खेलमा मुम्बई इन्डियन्सले जित हात पारेको छ । दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले जित हात पारेको हो ।

टस हारेर पहिले ब्याटिङ्ग गर्ने मौका पाएको दिल्लीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ५९ रन बनायो । १ सय ६० रनको लक्ष्यसहित मैदान उत्रेको मुम्बईले ५ बल बाँकी छँदै ५ विकेट गुमाएर लक्ष्य पूरा ग-यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *