राजनीति

बेलबारी नगरपालिका प्रमुखमा एमालेका राई, उपप्रमुखमा कांग्रेसका थापा

२०७९ जेठ ७ गते १०:०४
बेलबारी नगरपालिका प्रमुखमा एमालेका राई, उपप्रमुखमा कांग्रेसका थापा

७ जेठ २०७९ विराटनगर । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा मोरङको बेलबारी नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका दिलप्रसाद राईले १६ हजार ४२२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार उहाँका निकटतम प्रतिस्पर्धीमा कांग्रेसका महेन्द्रप्रसाद सुवेदीले १५ हजार ६२० मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा कांग्रेसकी नितु थापाले १३ हजार ७३१ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी एमालेकी तीलकुमारी न्यौपानेले १३ हजार ६०५ मत प्राप्त गर्नुभएको छ ।

कांग्रेसले वडा नं १, ४, ६, ९, १० र ११, एमालेले २, ३ ५ र ७ मा तथा ८ मा स्वतन्त्रका उम्मेदवारले वडाध्यक्षमा विजयी हासिल गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *