बेथानचोक गाउँपालिका अध्यक्षमा कांग्रेसका अधिकारी र उपाध्यक्ष्मा माओवादीकी तिमल्सिना

६ जेठ २०७९ काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिकाको अध्यक्षमा गठबन्धन तर्फका नेपाली कांग्रेसका उम्मेदवार भगवान अधिकारी निर्वाचित हुनु भएको छ।
अधिकारी २ हजार ८ सय ५९ मतको अन्तरले विजयी हुनु भएको हो । अधिकारीले ६ हजार १९ मत ल्याए भने उहाँका निकटतम प्रतिस्पर्धी एमालेका कमल तिमल्सिनाले ३ हजार १ सय ६० मत प्राप्त गर्नुभएको छ।
उपाध्यक्षमा माओवादी केन्द्रकी तारा राना तिमल्सिना ४ हजार ४ सय ९८ मत प्राप्त गरी विजयी हुनु भएको छ ।
निकटतम प्रतिस्पर्धी एमालेकी सरला लामिछाने .(केसी) ले ३ हजार ५ सय ७३ मत प्राप्त गर्नुभयो ।उक्त गाउँपालिकामा कुल १० हजार ७ सय ३४ मतदान भएको थियो ।
६ वडा रहेको बेथानचोक गाउँपालिकाका ५ वटा वडामा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । वडा नम्बर ५ को अध्यक्षमा भने स्वतन्त्र उम्मेदवार राजकुमार वाइवा निर्वाचित भएका छन् ।
प्रतिक्रिया