मुसीकोटमा कांग्रेस विजयी
२०७९ जेठ ६ गते ८:३६
६ जेठ २०७९ जाजरकोट । रुकुम पश्चिममा दुई पालिकामा कांग्रेस विजयी भएको छ ।
आज मात्र मत परिणाम सार्वजनिक भएअनुसार मुसीकोट नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र केसीले छ हजार ९१४ भोट ल्याएर माओवादीका मेयरका उम्मेदवार वसन्तकुमार शर्माले छ हजार ९०१ भोट भोट ल्याएर पराजित भए । यो अर्थमन्त्री जनार्दन शर्माको पालिका हो ।
यस्तै, उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विमलकुमार पुनमगर छ हजार १४० मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमाले थलबहादुर ओलीले पाँच हजार ९८५ मत ल्याएका छन् ।
प्रतिक्रिया