खेलकूद

तेस्रो टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र युगान्डा भिड्दै

हिमालय टिभी
२०७९ जेठ ५ गते ९:४४
तेस्रो टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र युगान्डा भिड्दै

५ जेठ २०७९ काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज तेस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा पाहुना टोली युगान्डासँग प्रतिस्पर्धा गर्दैछ ।

घरेलु मैदान त्रिविु क्रिकेट मैदानमा नेपालले युगान्डासँग खेल्न लागेको हो । यो खेल दिउँसो १ बजे शुरु हुनेछ । नेपाल आज युगान्डालाई हराउँदै सिरिज जोगाउने लक्ष्यमा रहने छ । पाँच खेलको सिरिजमा युगान्डा २–० ले अघि रहेको छ ।

पहिलो खेलमा युगान्डाले नेपाललाई १२ रनले हराएको थियो । यस्तै दोस्रो खेलमा नेपाल युगान्डासँग १ विकेटले पराजित भएको थियो । त्यसैले सिरिज जोगाउन नेपाललाई आज युगान्डाविरुद्ध जितको विकल्प छैन ।

यता, युगान्डा भने नेपाललाई हराएर दुई खेल अगाबै सिरिज जित्न चाहन्छ । पहिलो पटक घरेलु मैदानमा सिरिज खेलिरहेको नेपालले युगान्डासँग भोलि चौंथो र शनिबार अन्तिम टी–ट्वेन्टी खेल्न खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्