लिखुको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले

२०७९ जेठ ४ गते १३:०४
लिखुको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले

४ जेठ २०७९ ओखलढुंगा । ओखलढुङ्गाको लिखु गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका अशोक कार्की विजयी हुनुभएको छ ।

नेकपा एमालेका उम्मेदवार मिलन व्ष्टिलाई २८४ मतान्तरले पराजित गर्दै कांग्रेसका कार्की विजयी हुनुभएको हो ।

कार्कीले तीन हजार ७७६ मत ल्याएर विजयी हुँदा विष्टले तीन हजार ४९२ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा एमाले उम्मेदवार अस्मिता थापा फराकिलो मतान्तरले विजयी हुनुभएको छ । नेपाली कांग्रेसकी उम्मेदवार प्रेमकुमारी दाहाललाई एक हजार ३३ मतले पछि पार्दै थापा निर्वाचित हुनुभएको हो । थापाले चारहजार ११६ मत ल्याउँदा दाहालले तीन हजार ८३ मत ल्याउनुभयो ।

गाउँपालिका अध्यक्षका उम्मेदवार माओवादीका एकिन्द्रराज कटवालले ९३३, एकीकृत समाजवादीका नेत्रप्रसाद भटराईले १६०, मङ्गोलनेशनल अर्गनाइजेशनका दावा शेर्पाले ३७, राप्रपाका जुद्धवीर पौडेल र स्वतन्त्र उम्मेदवार राजन सुवेदीले १०÷१० मत ल्याउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *