Main News

नुवाकोटको तीन स्थानीय तहको अध्यक्ष/उपाध्यक्षमा माओवादी विजयी

२०७९ जेठ ४ गते १२:१४
नुवाकोटको तीन स्थानीय तहको अध्यक्ष/उपाध्यक्षमा माओवादी विजयी

४ जेठ २०७९ नुवाकोट । स्थानीय तह निर्वाचनमा जिल्लामा तीन स्थानीय तहमा नेकपा (माओवादी केन्द्र)ले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा जित निकाल्न सफल भएको छ ।

माओवादीले दुप्चेश्वर, पञ्चकन्या र ककनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा निर्वाचित भएको हो । २०७४ को स्थानीय तह निर्वाचनमा दुप्चेश्वरमा अध्यक्ष उपाध्यक्ष दुवै र पञ्चकन्याको उपाध्यक्ष नेपाली कांग्रेस र ककनीको अध्यक्ष र उपाध्यक्ष माओवादीले जितेको थियो । दुप्चेश्वरमा पनि अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवादीका उम्मेदवार निर्वाचित भएका छन् ।

माओवादीका शङ्करबहादुर थापामा चार हजार चार सय ७३ मत ल्याएर अध्यक्षमा निर्वाचित हुनुभएको । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका पूर्णबहादुर तामाङले तीन हजार चार सय ५० मत ल्याउनुभएको छ । उपाध्यक्षमा माओवादीकी माकुरी तामाङले चार हजार चार सय ३३ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी अन्जु आचार्यले तीन हजार ५३५ मत ल्याउनुभएको निर्वाचत अधिकृत केशरबहादुर पण्डितले जानकारी दिनुभयो ।

गए राति सम्पन्न मतगणना पञ्चकन्याको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवदीका उम्मेदवार निर्वाचित भएका छन् ।

माओवादीका तेजबहादुर तामाङले चार हजार ३५४ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँ दोस्रो पटक अध्यक्ष हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका माधवप्रसाद खनालले तीन हजार ९७४ मत ल्याउनुभएको छ । उपाध्यक्षमा माओवादीका विमला केसी चार हजार सात मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सलिना केसीले तीन हजार ७४९ मत ल्याउनुभएको छ ।

यस्तै, ककनीको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवादीले जितेको छ । माओवादीमा सुमन तामाङले चार हजार ९०९ मत ल्याएर अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नवराज घिमिरेले चार हजार ९८ मत ल्याउनुभएको छ । उपाध्यक्षमा माओवादीकी मिठुमाया तामाङले चार हजार १७४ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी प्रमिशा तामाङले तीन हजार ८३० मत ल्याउनुभएको छ ।

दुप्चेश्वर, ककनी, पञ्चकन्या तीनवटै पालिकामा माओवादी र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो । तारकेश्वरको उपाध्यक्षमा माओवादीका हरिप्रसाद रिमाल, किस्पाङको उपाध्यक्षमा माओवादी केन्द्रका अर्जुन न्यौपाने र तादीको उपाध्यक्षमा माओवादीकी सन्जु प्याकुरेल निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *