जिरी नगरपालिकामा एमालेका उम्मेदवार निर्वाचित

२०७९ जेठ ३ गते २१:१८
जिरी नगरपालिकामा एमालेका उम्मेदवार निर्वाचित

३ जेठ २०७९ चरिकोट । दोलखाको जिरी नगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार निर्वाचित भएका छन् ।

जिरी नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् ।

नगरप्रमुखमा मित्रबहादुर जिरेल र उपप्रमुखमा कृष्णमाया बुढाथोकी निर्वाचित हुनुभएको निर्वाचन कार्यालयले जनाएको छ । नगरप्रमुखमा निर्वाचित मित्र जिरेलले दुई हजार ९४९ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनका प्रतिस्पर्धी नेपाली कांग्रेसका लाक्पा शेर्पाले दुई हजार ६९२ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुख एमालेका बुढाथोकीले तीन हजार ४३४ मत प्राप्त गर्दा प्रतिस्पर्धी तेजबहादुर गोलेले तीन हजार १२० मत प्राप्त गर्नुभएको छ ।

जिरी नगरपालिकाको नौवटै वडाको मतगणना सकिएको छ । नौ वटा वडा रहेको जिरी नगरपालिकामा माओवादी केन्द्रले चार वडा, एमालेले दुई वडा, नेपाली कांग्रेसले दुई वडा र एकीकृत समाजवादीले एक वटा वडा निर्वाचित भइसकेको छ ।

एमालेले नगरप्रमुख, उपप्रमुख जिते पनिमा ओवादीले वडा नम्वर २, ३, ७ र ८ मा वडाध्यक्षसहित सिङ्गो प्यानाल माओवादीको निर्वाचित भएको छ । नेपाली कांग्रेसले वडा नम्बर १ र ५ मा वडाध्यक्षसहित सिङ्गो प्यानल निर्वाचित भएको छ । नेकपा एमाललेले भने वडा नम्वर ४ मा र वडा नम्बर ९ मा अध्यक्षसहित सिङ्गो प्यानल निर्वाचित भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *