Main News

माछापुच्छ्रे गाउँपालिकामा कांग्रेसका मिनबहादुर र रुपामा एमालेका नवराज निर्वाचित

२०७९ जेठ २ गते १३:३८
माछापुच्छ्रे गाउँपालिकामा कांग्रेसका मिनबहादुर र रुपामा एमालेका नवराज निर्वाचित

२ जेठ २०७९ पोखरा । स्थानीय तहको निर्वाचन अन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका मिनबहादुर गुरुङ निर्वाचित हुनुभएको छ ।

गुरुङ नेकपा एमालेका विक्रम गुरुङलाई ४ सय ८२ मतान्तरले पराजित गर्दै निर्वाचित हुनुभएको हो । मिनबहादुरले ५ हजार ९ सय ८१ मत प्राप्त गर्नु भयो भने विक्रमले ५ हजार ५ सय १५ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी उपाध्यक्षमा कांग्रेसकै सीता अधिकारी निर्वाचित हुनुभएको छ । उहाँले नेकपा एमालेका सीता तिवारीलाई ४ सय २५ मतान्तरले पराजीत गर्नुभएको हो । अधिकारीले ५ हजार २ सय ७५ मत प्राप्त गर्दा तिवारीले ४ हजार ८ सय ९७ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी रुपा गाउँपालिकाको अध्यक्षमा नवराज ओझा निर्वाचित हुनुभएको छ । उहाँले कांग्रेसका गीमाया गुरुङलाई एकहजार ६ सय १२ मतान्तरले पराजित गर्दै निर्वाचित हुनुभएको हो । ओझाले पाँचहजार सातसय ४९ मत प्राप्त गर्नुभएको थियो भने कांग्रेसका गुरुङले चारहजार १ सय ३७ मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी उपाध्यक्षमा नेकपा एमालेका लालसुब्बा गुरुङले पाँचहजार तीनसय ३२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँले कांग्रेसका नारायण श्रेष्ठलाई एक हजार एक सय ७९ मतान्तरले पराजित गर्नुभएको हो । श्रेष्ठले ४ हजार एक सय ५३ मत प्राप्त गर्नुभएको थियो । कास्कीका चार गाउँपालिकामध्ये दुईको नतिजा आउन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *