Main News

पोखरा महानगरमा गठबन्धनका उम्मेदवारले अग्रता बढाउँदै

२०७९ जेठ २ गते ८:०८
पोखरा महानगरमा गठबन्धनका उम्मेदवारले अग्रता बढाउँदै

२ जेठ २०७९ गण्डकी । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् ।

जारी मतगणनामा आठ हजार ६९३ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले तीन हजार ४६५ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी नेकपा (एमाले)का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले तीन हजार १०८ मत प्राप्त गर्नुभएको छ । गठबन्धनका आचार्यले ३५७ मतले अग्रता हासिल गर्नुभएको हो । उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाट तीन हजार ६०० मतसहित अघि हुनुहुन्छ भने एमालेकी मञ्जुदेबी गुरुङले तीन हजार ५७५ मतसहित उहाँलाई पछ्याउनुभएको छ ।

महानगरको वडा नं १ मा एमालेले विजय भएको छ । वडा नं १ मा एमालेका वडाअध्यक्ष पदका उम्मेदवार साहारा प्रधानले एक हजार १४५ मत ल्याई विजय हुनुभयो भने उहाँका प्रतिस्पर्धी कांग्रेसका वडाध्यक्षका उम्मेदवार सीता गुरुङले एक हजार १०४ मत ल्याउनुभयो ।

वडा नं २ मा कांग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार दिवशमान प्रधानाङ्ग एक हजार ८१९ मतसहित विजय हुनुभयो भने उहाँका प्रतिस्पर्धी एमालेका दीपक शाहीले एक हजार ७९२ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *