Main News
काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन साहको झण्डै दोब्बर मतको अग्रता
२०७९ जेठ १ गते ८:२७

१ जेठ २०७९ काठमाडौं । काठमाडौँ महानगरपालिकाको मत गणनाको पछिल्लो अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको झण्डै दोब्बर मतको अग्रता कायमै रहेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार साहले अहिलेसम्म १ हजार ५ सय ७४ मत प्राप्त गर्नु भएको छ।
राष्ट्रिय सभागृहमा जारी मतगणनाको पछिल्लो परिणाममा नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितले ९९५ मत प्राप्त गर्नुभएको छ ।
गठबन्धनका तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसकी नेत्री सिर्जना सिंहले ८२२ मत ल्याउनुभएको छ । राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले १९१ मत प्राप्त गर्दा विवेकशील साझाकी उम्मेदवार समीक्षा बास्कोटाले २३ मत प्राप्त गर्नु भएको छ ।
प्रतिक्रिया