Main News

धरान उपमहानगरपालिकामा कांग्रेसको अग्रता

२०७९ जेठ १ गते ८:२१
धरान उपमहानगरपालिकामा कांग्रेसको अग्रता

१ जेठ २०७९ धरान । धरान उपमहानगरपालिकामा तीन हजार ५०० मत गणना गर्दा मेयर पदमा गठबन्धनका उम्मेदवार किशोर राई अग्रस्थानमा हुनुहुन्छ ।

पछिल्लो मत परिणामअनुसार उहाँले एक हजार ३४० प्राप्त गर्नुभएको छ । स्वतन्त्रका उम्मेदवार हर्क साङपाङले ९२२ प्राप्त गरेका गर्नुभएको छ ।

नेकपा (एमाले)की मञ्जु भण्डारीले ७०६ मत प्राप्त गर्नुभएको छ । उपमेयरमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का आइन्द्रविक्रम बेघाले एक हजार ४२९ र एमालेका पदम लिम्बूले ८४४ मत प्राप्त गर्नुभएको छ ।

हाल वडा नं १, २ र ३ को मत गणना जारी छ । यी बजार क्षेत्र कांग्रेसको पकट क्षेत्र मानिन्छ । विसं २०७४ को स्थानीय तह निर्वाचनमा १ र २ कांग्रेस र ३ मा एमालेले विजयी गरेको वडा हुन् ।

धरान २ मा एमालेका राई विजयी
धरान –२ को वडाध्यक्ष पदमा एमालेका उम्मेदवार रमेश राईले ६९५ मत विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट कांग्रेसका सुधीरसिंह लिम्बूले ६२३ मत प्राप्त गर्नुभएको छ ।

अन्य सदस्यमा भने कांग्रेसका उम्मेदवार विजयी भएका छन् । २ नं वडामा २०७४ को निर्वाचनमा कांग्रेसले विजय हासिल गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *