Main News

रामेछापका गोकुलगंगा १ र २ मा कांग्रेसका बस्नेत र कार्की विजयी

हिमालय टिभी
२०७९ जेठ १ गते ७:५२
रामेछापका गोकुलगंगा १ र २ मा कांग्रेसका बस्नेत र कार्की विजयी

१ जेठ २०७९ रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर २ ठोसेको वडाध्यक्षमा नेपाली कांग्रेसका सुन्दर कुमार कार्कीसहित प्यानलै फराकिलो मत अन्तरले विजयी भएको छ ।

वडाअध्यक्षमा कार्की ८७० मतसहित विजयी हुनु भएको हो । नेकपा एमालेका गजेन्द्र श्रेष्ठले ४८८ मत पाउनु भएको छ ।

महिला सदस्य आङडोमा शेर्पाले ८२१ मत प्रप्त गरी निर्मला बस्नेतको ४७२ हुँदा झण्डै आधा मतले आङडोमा शेर्पाले निर्मला बस्नेत विजयी हुनु भएको छ।

दलित महिला सदस्यमा संगीता विक ८२१ मतसहित विजयी हुनु भएको छ। खुल्ला सदस्यमा अमृत बहादुर कार्कीले ७५८ मतसहित विजयी हुनु भएको छ।

त्यसैगरी खुल्ला सदस्यमा सुरेन्द्र श्रेष्ठ ६९० मतसहित विजयी हुनु भएको छ। ठोसेमा १४६८ मत खसेको थियो ।

रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर १ चुचुरेमा काङ्ग्रेसको प्यानल नै विजयी भएको छ । नेपाली काङ्ग्रेसका वडा अध्यक्षका उम्मेदवार छत्र बस्नेतको प्यानल नै विजयी भएको हो ।

मतगणनामा नेपाली काँग्रेसका उम्मेदवार छत्रवहादुर बस्नेतले ७ सय १५ मत ल्याएर विजयी हुनु भएको हो । बस्नेतका प्रतिस्पर्धी नेकपा एमालेका मिनबहादुर कार्की (रामजी( ले ६ सय १९ मत पाएका थिए ।

नेपाली काँगेसबाट उम्मेदवार भएका महिला सदस्य दीर्घमाया खत्री ७ सय १०, दलित महिला सदस्य विमला खाती ७ सय ६ , र पुरुष खुला सदस्यमा दुर्गबहादुर थापा ७ सय ६ र टोपबहादुर खत्रीले ६ सय ७९ मत पाएर विजयी भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *