Main News

पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै

हिमालय टिभी
२०७९ जेठ १ गते ७:१८
पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै

१ जेठ २०७९ पोखरा । पोखरा महानगरपालिकाको मतगणनामा नेकपा (एकीकृत समाजवादी)ले अग्रता कायम राखेको छ ।

जारी मतगणनामा भएको एक हजार १०० मतको गणनामा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका प्रमुख पदका उम्मेदवार धनराज आचार्यले ४५६ मत पाउनुभएको छ भने नेकपा (एमाले)का उम्मेदवार कृष्ण थापाले ३८३ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कोपिला रानाभाटले ५०४ मत प्राप्त गर्नुभएको छ भने एमालेका मञ्जुदेवी गुरुङले ४०४ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *