Main News

महानगरमा चिरीबाबु महर्जनको अग्रता

२०७९ वैशाख ३१ गते २०:१६
महानगरमा चिरीबाबु महर्जनको अग्रता

३१ वैशाख २०७९ ललितपुर । ललितपुर महानगरपालिकामा ४०० मत गणना हुँदा नेपाली कांग्रेसका चिरीबाबु महर्जनको अग्रता रहेको छ ।

वडा नं १ मा गणना भइरहँदा महर्जनले २०५ र प्रमु्खमा नेकपा(एमाले)का उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १५६ मत ल्याउनुभएको छ । नेकपा (एमाले)की मञ्जली शाक्यले १४४ मत र नेकपा (माओवादी केन्द)का बाबुराजा बज्राचार्यले ५६ मत ल्याउनुभएको छ ।

बिहान ललितपुर महानगरपालिकामा प्रमुखमा नेपाली कांग्रेसबाट चिरीबाबु महर्जन, एमालेबाट हरिकृष्ण व्यञ्जनकार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अष्टबहादुर महर्जनलगायत प्रमुखको उम्मेदवार हुनुहुन्छ ।

उपप्रमुखमा एमालेबाट मञ्जली शाक्य (आस्था), माओवादी केन्द्रबाट बज्राचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट स्वर्णिमा शाक्यलगायले उम्मेदवार हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *