Main News

कटारीको सोरुङमा मतदान केन्द्रमा गोली चल्दा एक जनाको मृत्यु

२०७९ वैशाख ३० गते १९:४८
कटारीको सोरुङमा मतदान केन्द्रमा गोली चल्दा एक जनाको मृत्यु

३० वैशाख २०७९ कटारी । उदयपुरको कटारी नगरपालिका–१० सोरुङ छबिसेमा मतदान केन्द्रमा प्रहरीको गोली लागेर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा १८ वर्षीय वीरबहादुर कटुवाल रहेका छन् ।

मतदान समय गुज्रिसकेपछि छुटपुटका मतदाताले भोट हाल्न पाउनुपर्ने विषयमा कर्मचारीसँग विवाद हुँदा घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।

सोरुङ मतदान केन्द्रमा स्वतन्त्र उम्मेदवार गौरव कटुवालको भतिज वीरबहादुर कटुवालको सामान्य भनाभनपछि प्रहरीले सिधै गोली हानेको स्वतन्त्र उम्मेदवार गौरवले जानकारी दिनुभयो ।

मतदान शान्तिपूर्ण सम्पन्न भएको र अन्तिम चरणमा ४ पाँच जना मतदाता रहेको र पालैपाले गरेर जानुस भन्दा उनीहरुले वीरबहादुरसंग सामान्य भनाभन चल्दा विवाद किन गरेको विवाद गर्नेलाई गोली ठोक भन्ने आदेश दिने प्रहरी निरीक्षकको ठाडो आदेशले गोली चलाउँदा वीरबहादुरको छातीमा गोली लागी घटनास्थलमै ज्यान गएको उनका काका गौरवको आरोप छ ।

सोही गोलीले अर्का १४ वर्षीय मोहन श्रेष्ठको दाहिने खुट्टमा गोली लागी घाइते भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *