Main News

झापामा दुई जना मतदान अधिकृतमाथि कारबाही

हिमालय टिभी
२०७९ वैशाख ३० गते १४:२६
झापामा दुई जना मतदान अधिकृतमाथि कारबाही

३० वैशाख २०७९ झापा । झापाका दुई जना मतदान अधिकृत कारबाहीमा परेका छन् ।

कमल गाउँपालिका–६ मा खटिएका मतदान अधिकृत शैलेन्द्र कर्ण कारबाहीमा परेका हुन् । कमल–६ स्थित पाणिनी माविको मतदान केन्द्र ‘ग’ मा खटिएका कर्णले बिहीबार एक जना उम्मेदवारलाई ८८ वटा मतदाता परिचय पत्र उपलब्ध गराएका थिए ।

त्यस्तै मादक पदार्थ सेवन गरी मतदानस्थलमा पुगेको आरोपमा झापा गाउँपालिका ६ का सहायक मतदान अधिकृत सुरेन्द्र बस्नेत कारबाहीमा परेका छन् ।

झापा ६ सरणामतिस्थित जनता मावि मतदान केन्द्र ‘ग’ का सहायक अधिकृत बस्नेतले मादक पदार्थ सेवन गरेर आएको मतदाताको गुनासो पछि उनलाई मतदानस्थलबाट हटाइएको प्रमुख निर्वाचन अधिकृत तुलसी नेपालले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *