Main News
ओखलढुंगाको चम्पादेवीमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप
२०७९ वैशाख ३० गते ११:१९

३० वैशाख २०७९ ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिका–९, मिश्र भन्ज्याङमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ ।
झडपका क्रममा स्थिति नियन्त्रणमा लिन ९ राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय, ओखलढुंगाका प्रमुख डीएसपी सुकदेव खनालले जानकारी दिनुभयो ।
उहाँका अनुसार जीवनज्योति आधारभूत विद्यालयमा बिहान ९ बजे कांग्रेस र एमाले कार्यकर्ताबीच लाइन बस्ने विषयमा विवाद भएको थियो । त्यसक्रममा झडप भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया