Main News

मतदानपछि सुनिता डंगोलले भनिन्–म उत्साहित छु

हिमालय टिभी
२०७९ वैशाख ३० गते ११:१०
मतदानपछि सुनिता डंगोलले भनिन्–म उत्साहित छु

३० वैशाख २०७९ काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको उपमेयरकी उम्मेदवार सुनिता डंगोलले स्थानीय तहको निर्वाचनमा मतदान गर्नुभएको छ ।

उहाँले लगनको फसीगा ननी चोकस्थित मतदान स्थलबाट मतदान गर्नुभएको छ । मतदानपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा आजको दिन मतादाताको एक भोटको पनि धेरै महत्वपूर्ण हुने भएकाले योग्य र मन परेको उम्मेदवारलाई भोट हाल्न आग्रह गर्नुभयो । उहाँले स्थानीय तहको निर्वाचनलाई लिएर आफू उत्साहित रहेको र जनताको माया पाएकोले आफूले जित्नेमा विश्वस्त रहेको बताउनु भयो ।

उपमेयरकी उम्मेदवार डंगोलले भन्नुभयो, ‘अधिकारको प्रयोग गरेर मत हालौँ । म पनि एकदमै उत्साहित छु । मैले जनताको माया पाएकी छु यो नै जितको ठूलो आधार हो ।’

उपमेयरकी उम्मेदवार डंगोलले अबको केही दिनमा नै नतिजा आउने भएकाले संयमता अपनाएर बस्न र उचित उम्मेदवारलाई मतदान गर्न पनि आग्रह गर्नुभयो । स्थानीय तहको निर्वाचन आज देशभरका ७५० स्थानीय तहमा भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *