Main News

बाजुराको खप्तड छेडेदह–३ मा झडप, मतदान स्थगित

हिमालय टिभी
२०७९ वैशाख ३० गते १०:४७
बाजुराको खप्तड छेडेदह–३ मा झडप, मतदान स्थगित

३० वैशाख २०७९ बाजुरा । बाजुराको खप्तड छेडेदह गाउँपालिका–३ स्थिति धनाल्त आधारभूत विद्यालयमा नेपाली कांग्रेस र नेकपा एमाले र माओवादी केन्द्रबीच झडप भएको हो ।

बिहान ७ बजेबाट मतदान शुरु भएको उक्त मतदान केन्द्रमा मतदान शुरु भएको केही छिनमै झडप भएको हो । नेकपा एमालेबाट अध्यक्षका उम्मेदवार दिपक रावत केन्द्रभित्र छिरेर विरोध गरेपछि नेपाली कांग्रेसका कार्यकर्ताले विरोध जनाएका थिए । विरोध गर्ने बित्तिकै नेकपा एमालेका कार्यकर्तामाथि ढुङ्गामुडा प्रहार गरेपछि विवाद झन चुलिएको थियो ।

यतिबेला नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले पनि साथ दिएका छन् । दुई पार्टी एक भएर कांग्रेसका कर्याकर्ताहरुलाई लखेटेका हुन् । झडप निकै तनाव ग्रस्त बनेको थियो । यतिबेला मतदान स्थगित भएको छ ।

पुरै मतदान स्थल खाली भएको छ । दुई पार्टी मिलेर कांग्रेस कार्यकर्तामाथि आक्रमण गर्न थालेपछि मतदानमा सहभागी नहुने नेपाली कांग्रेसका कार्यकर्ताहरुको भनाइ छ । झडपमा दुई जना नेपाली कांग्रेसका कार्यकर्ता घाइते भएका छन् ।

सो मतदान केन्द्र सुरक्षा व्यवस्था कमजोर भएको मतदाताहरुले गुनासो गरेका छन् । सुरक्षा निकायको टोलीलाई झडप नियन्त्रण गर्न निकै असहज भएको थियो । करिब आधा घण्टा पछि झडप नियन्त्रण भएको छ । यतिबेला मतदान स्थगित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *