Main News

बम विस्फोट गराएको आरोपमा धर्मेन्द्र बास्तोला पक्राउ

हिमालय टिभी
२०७९ वैशाख २९ गते ९:२१
बम विस्फोट गराएको आरोपमा धर्मेन्द्र बास्तोला पक्राउ

२९ वैशाख २०७९ दाङ । बम विस्फोट गराएको आरोपमा प्रहरीले नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलालाई पक्राउ गरेको छ ।

दाङको भालुबाङबाट आज बिहान ३ बजे पक्राउ परेका बास्तोलासँग बस विस्फोटको विषयमा सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ । बास्तोलासँगै उहाँका सहयोगी असल र राजेन्द्रलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

सार्वजनिक बसमार्फत पोखराबाट बाँकेको कोहलपुर जाँदै गरेको अवस्थामा प्रहरीले तीनै जनालाई भालुबाङ चोकबाट नियन्त्रणमा लिएको हो ।

गएराति बुटवलमा भएको बम विस्फोटको घटनापछि नजिकै नेकपाको पर्चा भेटिएको थियो । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट विद्रोह गरेका नेता कार्यकर्ताले केही दिनअघि मात्रै नेकपा (बहुमत) पार्टी गठन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *