Main News

धादिङमा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप, २० जनाभन्दा बढी घाइते

२०७९ वैशाख २९ गते ७:०८
धादिङमा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप, २० जनाभन्दा बढी घाइते

२९ वैशाख २०७९ धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ६ भोर्लेमा झडप हुँदा २० जनाभन्दा बढी घाइते भएका छ्न् ।

झडपमा नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवार भुपेन्द्र कुमार श्रेष्ठ गम्भीर घाइते हुनुभएको छ । उहाँको टाउको, दाहिने आँखा, दात लगायत शरीरको विभिन्न ठाउँमा चोट लागेको छ ।

घाइतेहरुको धादिङ अस्पतालमा उपचार भैरहेको छ । झडपमा परी घाइते हुनेहरुमा तेज कुमार श्रेष्ठ, कविराज श्रेष्ठ, प्रकाश श्रेष्ठ, हरि बहादुर श्रेष्ठ, बाबुराम श्रेष्ठ, सुमन श्रेष्ठ, सुब्बा नेपाली, विष्णु कुमार श्रेष्ठ, राजकुमार उपरकोटी, भुपेन्द्र श्रेष्ठ, रामहरि मगराती, राजकुमार श्रेष्ठ, विष्णुकुमार नेपाली, गोकर्ण उपरकोटी, लक्ष्मण राना, विवस राना, विकेश राना, गोपी नेपाली, अनुप श्रेष्ठ, राजकुमार उपरकोटी लगायत घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । त्यस्तै, माओवादी केन्द्रका अनिल श्रेष्ठ र विष्णु राना पनि घाइते भएका छन् ।

नेपाली कांग्रेस र माओवादी केन्द्रका नेता तथा कार्यकर्ता मौन अवधिमा पनि बुधबार राति चुनाव प्रचारप्रसारमा लागेको एक स्थानीयले बताए । चुनावी प्रचारमा लागेका दुइ पार्टी जंकाभेट हुँदा झडप भएको उनको भनाइ छ ।

नेपाली कांग्रेस भने आफ्ना कार्यकर्तालाई माओवादी केन्द्रका कार्यकर्ताले आक्रमण गरेको खबर पाएर जाँदा उनीहरुले पुनः आक्रमण गरेको बताएको छ ।

धादिङमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल भएको छ । नीलकण्ठ नगरपालिकामा मेयर नेपाली कांग्रेस र उपमेयर माओवादी केन्द्रको भाग परेको हो । तर दलहरुले नीलकण्ठ नगरपालिकामा वडा नम्बर ६ मा आ–आफ्नै उम्मेदवार उठाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *