बुबाको मृत्युपछि छोरा प्रदीपको उम्मेदवारी दर्ता

२८ वैशाख २०७९ तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–१७ को अध्यक्ष उम्मेदवार स्वर्गीय लबरु चौधरीका छोरा प्रदीप चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
चौधरीले बुधबार साढे १२ बजे मनोनयन दर्ता गरेको निर्वाचन कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
अध्यक्ष पदका उम्मेदवार लबरु चौधरीको गएको मंगलबार उपचारको क्रममा निधन भएपछि उहाँको छोरा प्रदीपलाई एमालेले उम्मेदवार बनाएको हो । भोली बिहीबार बेलुका ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने भएको छ ।
वडा नम्बर १७ को हकमा वैशाख ३१ गतेदेखि मौन अवधि शुरु हुने छ भने वैशाख ३१ गते मध्यरातिसम्म प्रचार प्रसार गर्न पाइने छ ।
त्यसपछि मौन अवधि शुरु हुनेछ । त्यस्तै जेठ ३ गते मतदानको समय तोकिएको छ । वडा नम्बर १७ को निर्वाचन भएपछि मात्रै तुलसीपुरमा मतगणना हुने भएको छ ।
प्रतिक्रिया