ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
२०७९ वैशाख २८ गते १४:२२

२८ वैशाख २०७९ इलाम । ट्रकको ठक्करबाट इलाममा मोटरसाइकल चालकको ज्यान गएको छ ।
मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका ९ गोलाखर्कमा झापाबाट इलामतर्फ आउँदै गरेको ट्रकले माइखोलाबाट इलामतर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा चालकको ज्यान गएको हो ।
मृत्यु हुनेमा पाँचथर याङरुप गाउँपालिका ४ घर भई इलाम नगरपालिका ९ सेरामा डेरा गरी बस्ने ३५ वर्षीय धनबहादुर राईको मृत्यु भएको हो । मे १ प ६५४४ नम्वरको मोटरसाइकलले ना ४ ख ५६६९ नम्वरको ट्रकलाई ओभरटेक गर्दा ट्रकको पछाडीको भागले मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट मोटसाइकल चालकको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । घटनापछि ट्रक चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया