Main News

आज राति १२ बजेदेखि मौन अवधि शुरु, मौन अवधिमा के–के गर्न पाइँदैन ? (भिडियो रिपोर्टसहित)

२०७९ वैशाख २७ गते २०:२८
आज राति १२ बजेदेखि मौन अवधि शुरु, मौन अवधिमा के–के गर्न पाइँदैन ? (भिडियो रिपोर्टसहित)

२७ वैशाख २०७९ काठमाडौं । स्थानीय तह निर्वाचन आउन मात्रै ३ दिन बाँकी छ । निर्वाचनको दिन आउन ७२ घण्टा बाँकी हुँदा मौन अवधि शुरु हुन्छ । सोहीअनुसार आज राति १२ बजेदेखि मौन अवधि शुरु हुँदैछ । मौन अवधि शुरु भएपछि के के गर्न पाइँदैन ?

निर्वाचन आचारसंहिता २०७८ अनुसार मौन अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार तथा भ्रातृ संगठन र सम्बन्धित व्यक्तिले निर्वाचनसम्बन्धी प्रचारप्रसार, छलफल लगायतका गतिविधि गर्न पाउने छैनन् ।

मौन अवधि अगाडी मतदानस्थलको तीन सय मिटर वरपर राखिएका प्रचारका सामग्रीहरु हटाउनुपर्ने व्यवस्था आचार संहितामा छ । कुनै पनि माध्यमबाट मत माग्ने वा प्रचारप्रसार गर्ने काम गर्न र गराउन पनि पाइँदैन। सामाजिक सञ्जाल छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा कुनै सन्देश सूचना वा प्रचार प्रसारका सामग्री शेयर वा पोष्ट गर्न वा गराउन नहुने व्यवस्था छ । मौन अवधिमा पालना गर्नुपर्ने आचरण पालना नगरेमा के हुन्छ ?

मौन अवधिअघि दल तथा उम्मेदवारहरुले चुनावी प्रचारप्रसार गरिरहेका छन् । मौन अवधि सुरु भएसँगै निर्वाचन प्रचारप्रसारको अवधि समाप्त हुन्छ ।

मौन अवधि उम्मेदवारले आफ्नो समिक्षा गर्ने, आम मतदाताले उम्मेदवारले भनेको कुराको चिन्तन मनन गर्ने समय पनि हो । यो समयको सदुपयोग गर्दै सहि व्यक्तिलाई मत हाल्न तयार भएर बस्ने कर्तव्य मतदाताको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *