ओलीको जन्मभूमि तेह्रथुमको आठराईमा यस्तो छ चुनावी रन्को (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ वैशाख २६ गते २१:०८
ओलीको जन्मभूमि तेह्रथुमको आठराईमा यस्तो छ चुनावी रन्को (भिडियो रिपोर्टसहित)

२६ वैशाख २०७९ तेह्रथुम । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मथलो तेह्रथुमको आठराई गाउँपालिकामा चुनावी माहोल तातेको छ । एमालेको गढको रुपमा रहेको आठराई गाउँपालिकामा सत्ता गठबन्धन इतिहास बनाउने दाउमा छ भने एमाले आफ्नो जितलाई निरन्तरता दिने रणनीतिमा छ ।

सात गाविस मिलेर बनेको आठराई गाउँपालिकालाई राजनीतिक र शैक्षिक हिसाबले अग्रणी मानिन्छ । यो गाउँपालिकामा सत्ता गठबन्धन दल र एमालेका उम्मेदवारबीच प्रतिष्पर्धा हुने देखिन्छ । राजनीतिक दल र उम्मेदवार आफ्नै किसिमका एजेण्डा बोकेर गाउँ छिर्दै गर्दा यहाँका नागरिकका आफ्नै आवश्यकता र एजेण्डा छन् ।

सत्ता गठबन्धनको तालमेलमा लिम्बूवान पनि थपिएको छ । अघिल्लो निर्वाचनमा वडा नम्बर २ मा कांग्रेस र वडा नम्बर ६ मा माओवादी र अन्य वडा एमालेले जितेको थियो । गठबन्धनले एमालेको गढ भत्काउँछ कि एमालेले आफ्नो जितलाई निरन्तरता दिन्छ त्यो भने निर्वाचन परिणामले देखाउने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *