Main News

राष्ट्रपति भण्डारीद्वारा दुवै सदनको अधिवेशन आह्वान

२०७९ वैशाख २५ गते २०:५३
राष्ट्रपति भण्डारीद्वारा दुवै सदनको अधिवेशन आह्वान

२५ वैशाख २०७९ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गते मङ्गलबार अपराह्न ४ बजे सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा, ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्ले आज गरेको सिफारिसअनुुसार उक्त दिन दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो ।

राष्ट्रिपति कार्यालयका प्रवक्ता सागर आचार्यले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानको धारा, ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९÷१/२५ को सिफारिसमा संवत् २०७९ साल जेठ ३ गते मङ्गलबारका दिन १६ः०० अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, बानेश्वरमा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *