खेलकूद

लिभरपुल प्रिमियर लीग फूटबलको शीर्ष स्थानमा

हिमालय टिभी
२०७९ वैशाख २५ गते ८:३३
लिभरपुल प्रिमियर लीग फूटबलको शीर्ष स्थानमा

२५ वैशाख २०७९ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ ।

प्रिमियर लीगमा गएराति टोटेनह्यामसँग १–१ गोलको बराबरी खेल्दै लिभरपुल शीर्ष स्थानमा फर्किएको हो ।

लिभरपुलको मैदान एनफिल्डमा टोटेनह्यामले ५६औं मिनेटमा सन् ह्यूङ मिनको गोलसँगै अग्रता लियो । तर ७४औं मिनेटमा लिभरपुलका लुइस डायजले गोल गर्दै खेल बराबरी गरेका थिए । त्यसपछि खेलमा थप गोल हुन सकेन ।

बराबरीसँगै लिभरपुलले ३५ खेलबाट ८३ अंक जोडेको छ । दोस्रो स्थानको म्यानचेष्टर सिटीको भने ३४ खेलबाट ८३ अंक नै छ ।

लीगकै अन्य खेलमा ब्राइटनले म्यानचेष्टर युनाइटेडलाई ४–०, एष्टन भिल्लाले बर्नलीलाई ३–१, ब्रेन्टफोर्डले साउथह्याम्टनलाई ३–० र क्रिष्टल प्यालेसले वाटफोर्डलाई १–० ले हराउँदा चेल्सी र उल्फ्सले २–२ गोलको बराबरी खेले ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्