खेलकूद

लखनउ सुपर जायन्ट्स आईपीएलको शीर्ष स्थानमा

हिमालय टिभी
२०७९ वैशाख २५ गते ८:२२
लखनउ सुपर जायन्ट्स आईपीएलको शीर्ष स्थानमा

२५ वैशाख २०७९ मुम्बई । इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा लखनउ सुपर जायन्ट्स शीर्ष स्थानमा उक्लिएको छ ।

आईपीएलको ५३औं खेलमा गएराति कोलकाता नाइट राइडर्समाथि ७५ रनको फराकिलो जितसँगै लखनउले शीर्ष स्थान कब्जा गरेको हो । १७७ रनको लक्ष्य पछ्याएको कोलकाता १४ दशमलव ३ ओभरमा १०१ रनमै अलआउट भयो ।

कोलकाताका आन्द्रे रसेलले ४५, सुनिल नरायनले २२ तथा आरोन फिञ्चले १४ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् । लखनउका आवेश खान र ज्यासन होल्डरले समान ३–३ विकेट लिए ।

पुनेमा टस हारेर पहिले ब्याटिङ गर्दै लखनउले निर्धारित ओभरमा ७ विकेट गुमाएर १७६ रन जोडेको थियो । उसका लागि क्विन्टन डिककले ५० रनको अर्धशतकीय इनिंग्स खेले ।

त्यस्तै दीपक हुड्डाले ४१, मार्कस स्टोइनिसले २८ तथा क्रुनल पाण्ड्याले २५ रन बनाए । कोलकाताका आन्द्रे रसेलले २ विकेट हात पारे । जितपछि लखनऊले ११ खेलबाट १६ अंक जोडेको छ । दोस्रो स्थानको गुजरात टाइटन्सको पनि समान खेलबाट समान अंक छ ।

आज सनराइजर्स हैदराबाद र रोयल च्यालेञ्जर्स बेंग्लोर तथा चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्सले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्