विदेश

क्युबामा भएको विष्फोटमा कम्तिमा २२ जनाको मृत्यु

हिमालय टिभी
२०७९ वैशाख २४ गते ७:५१
क्युबामा भएको विष्फोटमा कम्तिमा २२ जनाको मृत्यु

२४ वैशाख २०७९ क्युबा । क्युबाको एक पाँचतारे होटलमा शक्तिशाली विस्फोट हुँदा कम्तिमा २२ जनाको मृत्यु भएको छ ।

६० भन्दा बढी घाइते भएका छन् । पुरानो हवानाको सारातोगा होटलमा विष्फोट भएको हो । भग्नावशेषमा फसेका मानिसहरुको खोजी तथा उद्धार जारी रहेको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

ग्यास चुहिएर विष्फोट भएको स्थानीय अधिकारीहरुले जनाएका छन्। ऐतिहासिक पाँच चारे होटल कोरोना महामारी पछि खोल्ने तयारी गरिएको थियो ।

तर अहिले भग्नावशेषमा परिणत भएको छ । १९ औं शताब्दीमा बनेको उक्त होटलमा ग्यास चुहिएर विष्फोट भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *