रियल मड्रिड च्याम्पियन्स लीग फूटबलको फाइनल प्रवेश
२२ वैशाख २०७९ काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लीग फूटबलको फाइनलमा प्रवेश गरेको छ ।
लीग अन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा इंग्लिस क्लब म्यानचेष्टर सिटीमाथि ३–१ को रोमाञ्चक जित निकाल्दै समग्रमा ६–५ को नतिजासहित रियलले फाइनलमा स्थान बनाएको हो ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा ४ गोल भएका थिए ।
अवे मैदानमा रियाद महरेजले ७३औं मिनेटमा सिटीलाई अग्रता दिलाए । तर ९० मिनेटपछि रियलले उत्कृष्ठ पुनरागमन गर्दै लगातार तीन गोल थपेको थियो ।
उसका लागि ९०औं र अतिरिक्त समयको ९१औं मिनेटमा गरी रोड्रिगोले दुई गोल गरे । त्यसपछि ९५औं मिनेटमा पेनाल्टीमार्फत करिम बेञ्जिमाले अर्को गोल थप्दै रियललाई ३–१ को जित दिलाए ।
रुबेन डियासले बेञ्जिमालाई लडाएपछि रियलले पेनाल्टीको अवसर पाएको थियो । घरेलु मैदानमा पहिलो लेग सिटीले ४३ ले जितेको थियो ।
अब उपाधिका लागि इंग्लिस क्लब लिभरपुल र रियल मड्रिडबीच मे २९ तारिखमा प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया