खेलकूद

जिम्बावेले नेपाललाई दियो १३७ रनको लक्ष्य

हिमालय टिभी
२०७९ वैशाख २१ गते १५:१९
जिम्बावेले नेपाललाई दियो १३७ रनको लक्ष्य

२१ वैशाख २०७९ काठमाडौं । पाहुना टोली जिम्बावे ‘ए’ ले तेस्रो तथा अन्तिम ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा नेपाललाई जितका लागि १ सय ३७ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३६ रन बनायो ।

जिम्बावेका लागि रोय कियाले सर्वाधिक ४९ रन बनाए । मारुमानीले २७ रन जोड्दा लुक जोग्वेले अविजित २३ रन बनाए । इनोसेन्ट कियाले १४ रन जोडे ।

नेपालका कप्तान सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र बसिर अहमेदले १–१ विकेट लिए ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए सँग सिरिज खेलिरहेको हो। नेपालले तीन खेलको एकदिवसीय सिरिज पनि खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्