विप्लव नेतृत्वको नेकपा विभाजित, विप्लवलाई महासचिवबाट हटाइयो

२१ वैशाख २०७९ काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी विभाजित भएको छ ।
हेमन्तप्रकाश–धर्मेन्द्र पक्षको भेलाले विप्लवलाई महासचिवबाट हटाएको छ । कारवाहीमा परेका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला पक्षको भेलाले विप्लवलाई महासचिवबाट हटाएको हो ।
चितवनमा बसेको हेमन्तप्रकाश–धर्मेन्द्र पक्षको भेलाले महासचिव विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई हटाउने निर्णय गरेको हो ।
पार्टीको बहुमत केन्द्रीय सदस्यको बैठकले विप्लवलाई महासचिवबाट हटाएर संयोजकमा बास्तोलालाई जिम्मेवारी दिइएको केन्द्रीय सदस्य गुणराज लोहनीले जानकारी दिनुभयो । पार्टी केन्द्रीय समिति सदस्यको बहुमत भएकाले आधिकारिकता आफूहरुले पाउने लोहनीको दाबी छ ।
भोलि सकिने भेलाले पार्टीका सबै निर्णय सार्वजनिक गर्ने छ । चितवन भेलामा ४० भन्दा बढी केन्द्रीय सदस्य उपस्थित भएको दाबी गरिएको छ ।
प्रतिक्रिया