Main News

एमालेका अध्यक्षका उम्मेदवार विष्टविरुद्ध पक्राउ पूर्जी जारी

हिमालय टिभी
२०७९ वैशाख २१ गते १३:०६
एमालेका अध्यक्षका उम्मेदवार विष्टविरुद्ध पक्राउ पूर्जी जारी

२१ वैशाख २०७९ ओखलढुंगा । ओखलढुंगाको लिखु गाउँपालिका अध्यक्षका उम्मेदवार मिलनकुमार विष्टविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

विष्ट यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट गाउँपालिका अध्यक्षको उम्मेदवार हुन् ।

उनीमाथि भक्तपुर जिल्ला अदालतले बैंकिङ कसुर तथा दोहोरो नागरिकता लिएको कसुरमा खोजबिनका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई पक्राउ पूर्जी पठाएको छ ।

लिखु गाउँपालिका वडा नम्बर९, साविकको पोकली गाविस घर भएका विष्टविरुद्ध २०७७ सालमा भक्तपुरमा मुद्दा दर्ता भए पनि उनी फरार रहँदै आएका थिए ।

विष्ट उम्मेदवार बनेपछि नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षको उम्मेदवार अशोक कार्कीले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *