Main News

१ लाख ४५ हजार ९२ जना उम्मेदवारको सूची सार्वजनिक

हिमालय टिभी
२०७९ वैशाख २१ गते ९:०८
१ लाख ४५ हजार ९२ जना उम्मेदवारको सूची सार्वजनिक

२१ वैशाख २०७९ काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिएकाहरूको सूची सार्वजनिक गरेको छ ।

आयोगले आफ्नो वेबसाइटमार्फत १ लाख ४५ हजार ९२ जना उम्मेदवारको सूची सार्वजनिक गरेको हो । प्राविधिक समस्याका कारणले सूची प्रकाशन गर्न ढिलाइ भएको र अहिले सार्वजनिक भएको सूचीमा पनि थपघट हुन सक्ने आयोगले आयोगले जनाएको छ ।

आयोगको प्रणालीमा प्रविष्ट भएको आधारमा हिजो बेलुकी ६ बजेसम्मको सूची सार्वजनिक गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *