गुल्मीका उम्मेदवार कसरी माग्दैछन् भोट ? (भिडियो रिपोर्टसहित)

२० वैशाख २०७९ गुल्मी । स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै गुल्मीमा उम्मेदवारहरु मतदातासँग भेटघाटमा व्यस्त छन् । स्थानीय मतदातहरुसँग विभिन्न प्रतिबद्धता गर्दै उम्मेदवार दलबलसहित मतदाताको घर घरमा पुग्न थालेका हुन् ।
गुल्मीमा राजनीतिक दलले चुनावी कार्यक्रम बृहत बनाउँदै लगेका छन् । मतदातालाई घरघर पुगेर भेट्न तथा चोक तथा चौतारोमा कार्यक्रम गर्न उम्मेद्वार व्यस्त देखिन्छन् । उनीहरु मतदातालाई आफू बलियो उम्मेद्वार हो भनेर प्रमाणित गर्ने प्रयत्न गर्दै मत आफ्नो पक्षमा ल्याउने प्रयास गरिरहेका छन ।
केही पालिकामा राजनीतिक दलले पुरानै अनुहारलाई उम्मेद्वार बनाएका छन । आफूले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको र धेरै काम अर्को कार्यकालमा गर्ने उम्मेदवारको दाबी छ ।
गुल्मीमा १२ स्थानीय तहमा चार सय ८९ जना प्रतिनिधि निर्वाचित हुनेछन् ।
प्रतिक्रिया