Main News
सोलुमा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप
२०७९ वैशाख २० गते १४:०१

२० वैशाख २०७९ सोलुखुम्बु । सोलुखुम्बुको नेलेमा नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ।
गएराति थुलुङ दूधकोशी गाउँपालिका वडा नम्बर १ नेले बजारमा चुनावी प्रचारप्रसारको क्रममा दुई पक्षबीच झडप भएको हो ।
घरदैलो गरेर फर्किएका कांग्रेस र माओवादी केन्द्रका एकएक जना कार्यकर्ताबीचबाट शुरु भएको झगडा सामूहिक झडपमा परिणत भएको प्रहरीले जनाएको छ ।
झडपमा कांग्रेस वडा सभापति चुडाबहादुर बस्नेत, सचिव मिलन खत्री र दीपक सुनुवार घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
घाइतेको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहले जानकारी दिनुभयो ।
प्रतिक्रिया