राजनीति

उम्मेदवारी निष्क्रिय गराउन आजसम्म कांग्रेसको समयसीमा

हिमालय टिभी
२०७९ वैशाख २० गते ९:२३
उम्मेदवारी निष्क्रिय गराउन आजसम्म कांग्रेसको समयसीमा

२० वैशाख २०७९ काठमाडौं । स्थानीय तहको निर्वाचनमा पार्टीको निर्देशन नमानेका उम्मेदवारहरूलाई आजसम्म उम्मेदवारी निष्क्रिय गराउन नेपाली कांग्रेसले निर्देशन दिएको छ ।

पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध उम्मेदवारी दर्ता गराएका तथा उम्मेदवारको प्रस्तावक र समर्थक बनेका पार्टी सदस्यको सदस्यता स्वतः समाप्त भई पार्टीबाट निष्काशित हुने बताउँदै आएको कांग्रेसले पुनर्विचार गर्न अनुरोध गरेको छ ।

कांग्रेसले हिजो एक विज्ञप्ती जारी गर्दै वागी उम्मेदवारसहित प्रस्तावक र समर्थकहरूलाई आजसम्म आफ्नो उम्मेदवारी प्रति पुनर्विचार गर्दै सार्वजनिक वक्तव्यमार्फत उम्मेदवारी निस्क्रिय गरी आधिकारिक उम्मेदवारका पक्षमा लाग्न निर्देशन दिएको छ ।

आजसम्म पार्टीको निर्देशन मान्दै प्रतिबद्धता जनाउनेलाई पार्टी विधान बमोजिम हुने कारबाहीमा केन्द्रले आवश्यक प्रक्रिया पु¥याई पुनर्विचार गर्न सक्ने कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्