खेलकूद

प्रिमियर लीग फूटबलमा म्यानचेष्टर युनाइटेड विजयी

हिमालय टिभी
२०७९ वैशाख २० गते ७:५५
प्रिमियर लीग फूटबलमा म्यानचेष्टर युनाइटेड विजयी

२० वैशाख २०७९ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा म्यानचेष्टर युनाइटेड विजयी भएको छ ।

प्रिमियर लीगको पछिल्लो खेलमा युनाइटेडले ब्रेन्टफोर्डमाथि ३–० को जित निकालेको हो ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडको जितमा ब्रुनो फर्नान्डेस्, क्रिष्टियानो रोनाल्डो र राफायल भरानेले गोल गरे । फर्नान्डेसले खेलको नवौं मिनेटमै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

त्यसपछि ६१औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे । ७२औं मिनेटमा भरानेको गोलसँगै युनाइटेड ३० ले विजयी भएको हो ।

जितसँगै छैठौं स्थानमा रहेको युनाइटेडले ३६ खेलबाट ५८ अंक जोडेको छ । उता १४औं स्थानको ब्रेन्टफोर्डको ३५ खेलबाट ४० अंक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्