Main News

आइजीपी बढुवाविरुद्ध सर्वोच्चमा रिट

२०७९ वैशाख १९ गते १९:४८
आइजीपी बढुवाविरुद्ध सर्वोच्चमा रिट

१९ वैशाख २०७९ काठमाडौं । सर्वोच्च अदालतमा प्रहरी महानिरीक्षक (आइजीपी) पदमा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्ध रिट निवेदन दायर गरिएको छ ।

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले दायर गरेको रिट निवेदनमा आफूभन्दा डेढ वर्ष कनिष्ठलाई बढुवा गर्ने सरकारको निर्णय बदर गर्न माग गरिएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध पोखरेलले आज रिट निवेदन दायर गर्नुभएको हो । रिट निवेदनको प्रारम्भिक सुनुवाइ बुधबार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *